रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउपालिकाबाट पिसिआर परिक्षणका लागि स्वाप (नमुना) संकलन गरिएको छ । शुक्रबार बेलडाँडी गापा -२ शैलेश्वरी आधारभूत विद्यालयको क्वारेन्टीनमा बसेहरु मध्येबाट १५ जनाको स्वाप (नमुना) संकलन गरीएको हो ।
केहि दिन अघि मात्र भारतका विभिन्न ठाउँहरुबाट आएकाहरु मध्ये शैलेश्वरी आधारभूत विद्यालयको क्वारेन्टीनमा बसेका १५ जनाको स्वाप (नमुना) संकलन गरी शुक्रबार पठाएको बेलडाँडी गाउपालिकाका स्वास्थ्य संयोजक माधाबनन्द भट्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट आएको टोलीले स्वाप संकलन गरी परिक्षणका लागि लगेको जनाकारी दिनु भएको छ ।
दक्षिणी क्षेत्रका सबै स्थानीय तह हरुबाट यसरीनै स्वाप संकलन गरी परिक्षणका लागि एकै चोटी आजनै ल्याबमा पठाईने छ, उनले भने । संकलन गरीएको स्वापको रिपार्ट ल्याबमा पुगेकोे १/ २ दिनमा आउने समेत उहाँले बताउनु भयो ।

