कोरोना सङ्क्रमण फैलन नदिन बाँकेमा निषेधाज्ञा

समाचार

बाँके – बाँकेमा बुधबार रातिदेखि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार रातिदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा सङ्क्रमण थप फैलनबाट रोक्न अत्यावश्यक सेवा बाहेक सबै गतिविधि रोक्नेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

नागरिकलाई हिँडडुल गर्न बन्द गरिएको छ । बाँकेमा प्रशासनको भूमिका चित्तबुझ्दो नभएको गुनासोपछि गृह मन्त्रालयले रामबहादुर कुरुम्वाङ्गलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बाँके पठाएको हो । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर सहितसँग छलफल गरी रेडजोन नरैनापुरमा अनुगमन र आवश्यक सर्तकता अगाडी बढाउने तयारी गर्नुभएको छ । बाँकेमा अहिलेसम्म १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *