कञ्चनपुर – कञ्चनपुरका एक अबाेध बालक विष्फाेटक पदार्थ पट्किदा घाईते भएका छन् । बुधबार बिहान महाकाली नगरपालिका ३ दोधाराका ९ बर्षिया बालक महेन्द्र नेपाली घाईते भएका हुन् ।
गाउँमा खेल्न भनि गएका बालक महाकाली नगरपालिका ६ शान्तिटोलको पटेराघारीमा भेटिएको संस्कास्पद बस्तु खेलाउने क्रममा पटकिएपछि बालक घाईते भएकाेे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घाईते बालककाे सेती अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ । बालककाे दुवै हातमा गम्भिर चाेट लागेकाे छ । घटनाबारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि रवीन्द्र पाैडेलले बताए ।

