बेलाैरीमा एक सय चार जनाकाे र्यापिड टेष्ट नेगेटिभ

समाचार

रमेश प्रसाद भट्ट/बेलाैरी – बेलाैरीमा १ सय ४ जनाकाे र्यापिड टेष्ट नेगेटिभ आएकाे छ । शनिबार सम्म क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी,  सुरक्षाकर्मि, तेस्रो मुलुकबाट आएका व्यक्ति र पत्रकारमा गरि जम्मा १ सय ४ जनामा गरीएकाे र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएकाे हाे ।

बेलाैरी नगरपालिकाकाे नयाँ भवनमा रहेकाे क्वारेन्टाइन, वडा नम्बर -१० शिवनगर सिद्वेश्वरी माविकाे क्वारेन्टाइनमा रहेका जम्मा ५४ जना, स्वास्थकर्मी, सुरक्षाकर्मी,  र पत्रकार गरि ५० जनामा गरीएकाे र्यापिड टेष्टकाेे रिपोर्ट नेगेटिभ अाएकाे बेलाैरी नगरपालिका काेभिड-१९ का फाेकल प्रसन मान बहादुर चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

फाेकल प्रसन चन्दका अनुसार हाल RDT संख्या कम रहेकाे र करिब ४ सय जतिकाे संख्यामा RDT उपलब्धता भएमा भारतबाट आएका, क्वारेन्टाइनमा १४ दिन बसेका, संकास्पद अन्य विरामीमा पनि चेकिङ्ग गरीने उहाँले बताउनु भयाे ।

यसरी बेलाैरी नगरपालिकाले स्वास्थ्य चेक जाँच र अन्य सवालमा सकृय रूपमा लागि रहेकाे समेत उहाँले बताउनु भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *