मिडियाले गल्ती औल्याईदिएको भन्दै कञ्चनपुर बेदकोटका मेयरले दिए धन्यवाद !

राजनीति समाचार

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले आफूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको स्वीकार गर्दै माफी मागेका छन्। उनले आफूले गल्ती गरेको भन्दै पत्रकारलाई धन्यवाद समेत दिएका छन्। उनले सरकारी गाडी दुरुपयोग गरेको समाचारबारे आफूले गल्ती स्वीकार गरेका छन्।

कञ्चनपुरकै स्थानीय पत्रिका मानसखण्डले ‘सरकारी गाडीमा मेयर चन्दको रजाइँ’ नामक शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उनले पत्रकार खेम भण्डारीले पारदर्शिता, सुशासन, सदाचार र सरकारी गाडी दुरुपयोगका बारेमा समाचार प्रकाशित गरेकोमा खुशी व्यक्त गरेका छन्।

उनले उक्त समाचारले आफूले गरेका कमी कमजोरी सच्याउन र गल्ती नदोहोर्याउन मद्धत पुगेको भन्दै समाचारसहित फेसबुकमा पोष्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *