लक डाउनका कारण कञ्चनपुरको पुनर्वासमा ८९ जना मजदुर अलपत्र

समाचार

जुद्ध चौधरी / पुनर्वास–  लक डाउनका कारण घर जान नपाउदा कञ्चनपुर पुनर्वासमा भारत र नेपालका गरि ८९ जना अलपत्र परेका मजदुरले उद्धारको पहल नभएको गुनासो गरेका छन् । सुदूरपश्चिम प्रदेशकै ठुलाे चिनिमिल भागेश्वर सुगर मिलमा मजदुरी गर्दै आएका कपिलबस्तु , रुपन्देही बारा तथा पर्साका २० जना र भारतीय ६९ जना मजदुर लकडाउनका कारण घर जान नपाएर अलपत्र परेका हुन । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लक डाउनले चिनी मिल बन्द भएपछि श्रमिकहरू अलपत्र बन्न बाध्य भएका छन।

बिश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाईरसका करण नेपाल अधिराज्य भर लकडाउन भएपछि भागेश्वर सुगर मिल चैत २० गते बन्द भएकाे थियाे। चिनिमिल बन्द भएपछि अाफुले पाएकाे तलब पनि सकिसकेकाले अाफूहरूलाई घर जाने वातावरण मिलाईदिन प्रशासनलाई अनुराेध गरेका छन। अाफुहरूकाे छुट्टी भईसके पछि चिनिमिलले बेवास्ता गरेकाे उनिहरुकाे अाराेप छ ।

चिनिमिल बन्द भएकाे तीन हप्ता बितिसक्दा पनि चिनिमिलकाे प्रशासनले हालखबर बुझ्न समेत नअाएकाे उनीहरू बताउँछन। गर्मीमा काेठामा पँखा पनि नभएकाे र लामखुट्टेले टाेकेर रातभरी सुत्न पनि नपाएकाे उनिहरू बताउँछन। भागेश्वर सुगर मिलमा अहिले नेपालकाे कपिलबस्तु, रूपन्देही, बारा, पर्सा जिल्लाका २० जना र भारतीय कामदार ६९ जना रहेका छन ।

लकडाउनले अाफूहरू धेरै समस्यामा परेकाेले अाफुहरूकाे उद्धार गरिदिन कपिलबस्तुका विश्राम गुप्ता बताउछन। बिगत चार बर्ष देखि चिनिमिलमा काम गर्दै अाएका बारा जिल्लाका बिश्वनाथ चाैधरीकाे दुखेसाे पनि त्यस्तै छ । कसरी हुन्छ नेपाल सरकारले हामीहरूकाे उद्धार गरि घर सम्म जाने वातावरण मिलाईदिनु पर्याे भन्नू हुन्छ। चिनिमिलले बस्ने काेठा दिए पनि खानका लागि रासन दिएकाे छैन । यहाँ खाली बस्नु भन्दा हामीहरू घर जान चाहेकाे बताउछन रूपन्देही जिल्लाका चन्द्रकेश केबट । चिनिमिलमा कार्यरत भारतिय कामदारहरू पनि धेरै छन ।

उनीहरू पनि खानका लागि अाफुहरू सँग भएकाे पैसा सकिसकेकाले अाउदाे दिनमा भाेकै मर्नु पर्ने दुखेसाे पाेख्छन । चिनिमिल बन्द भएपछि जँगलकाे बास जस्तै भएकाे उनीहरू बताउँछन । कसरी हुन्छ हामीलाई सुरक्षीत अाफ्नाे देश भारत पठाउनु पर्ने बताउछन गाेरखपुरका कामदार श्याम बिहारी सिँह । कपिलबस्तुका तुलसी राम छिप्पी र रामचन्द्र यादवकाे दुखेसेकाे पनि उस्तै छ ।

बेतलबी बिदामा बसेकाे तीन हप्ता बितिक्दा समेत चिनिमिलले पठाउने कुनै शुरसार गरेकाे छैन । जसरी पनि हामी घर जान चाहन्छाै भन्छन कपिलबस्तुका तुलसी राम छिप्पी । यता चिनिमिलले भने कामदारहरू बस्दै अाएकाे काेठा र खानाकाे राम्राे ब्यवस्था भएकाे बताउछ । चिनिमिलका कामदारलाई तिनिहरू बसाेबास गर्ने जिल्लाकाे जिल्ला प्रशासन कार्यालय बाट सिफारिस ल्याएर मात्र पठाउन सकिने भागेश्वर सुगर मिलका प्रशासन प्रमुख डम्बर खड्का बताउछन। चिनिमिलले सम्बन्धीत जिल्लाकाे जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय गरि सुरक्षीत तिनका घर सम्म पुर्याउन सके काेराेनाकाे जाेखिम बाट जाेगिन केही हद सम्म सहयाेग पुग्ने थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *