कञ्चनपुरमा कैदीबन्दीद्वारा रासनको रकमबाट अतिविपन्न परिवारलाई सहयोग

समाचार

अहिले विश्वभरीनै कोरना भाईरस(कोडिभ–१९) को महामारी भईरहेका बेला नेपालमा लाई पनी कोरोनाले प्रभावित पारेको छ । कोरोना भाईरसका कारण देशनै लकडाउनको अवस्थावाट गुज्रिरहेको छ ।

लकडाउनकारण निम्म वर्गिय , सुकुम्वासी, दैनीक ज्यालाका काम गरी गुजारा चलाउने मजदुर भने प्रतक्ष भोकमरीमा पर्नेे अवस्थामा छन ।

यो अवस्थामा विभिन्न स्थानिय तह मार्फत सरकार , संघ संस्था र व्यक्तिगत दाता हरुले दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न सहयोग गर्दै आएका पनी छन तर पनी पर्याप्तता भएको छैन । विपत्तिका बेला सरकार , गैरसरकारी संघ संस्था , उद्योगी व्यापारी हरुले सहयोग गर्नु स्वाभाविक पनी हो तर कञ्चनपुरमा भने आफै दाताको सहयोगमा जिवन धान्दै आएका हरुले समेत कञ्चनपुर जिल्लामा रहेका विपन्न , ज्यालादरीमा कामगर्ने मजदुर तथा सुकुम्वासीहरु लाई खाद्यान्न सहयोग गरेका छन ।

कञ्चनपुर कारागारमा रहेका ३ सय १६ जना कैदीबन्दीहरुले आफ्नो एक छाक खाना कटाई कोरोना महामारी का बेला भाकभोकै बसीरहेका लाई ८ क्विन्टल खाद्यान्न चामल तथा १ बोरी नुन राहत सहयोग गरेका हुन ।

सयौंको संख्यामा कारागारमा रहेका कैदीवन्दीहरु खानेपानी, शौचालय ,बेडरुम, बस्ने ठाउ लगायत  विभिन्न समस्या झेल्दै आएरहेका बेला मानवियता हिसावले पनी मुलुकलै संकटमा परेका बेला आफुहरुले एक छाक खाना नखाएर बचेको खाद्यान्न राहत स्वरुप प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरेको कञ्चनपुरका कैदीवन्दी नाईके टेकराज जोशी ले बताएका छन ।

९५ जना बस्न मिल्ने क्षमता रहेको कञ्चनपुर कारागारमा झण्डै तेव्वर कैदीवन्दी रहेका छन जसमा २ नावालक सहित १८ जना महिला तथा २ सय ९८ पुरुष कैदिवन्दी रहेका छन ।

कैदी वन्दीले हरुतान्तरण गरेको खाद्यान्न ग्रहण गर्दे कैदीवन्दीले आफुले एकछाक खाना कटौती गरेर जम्मा गरी अतिनै जोखीममा परेका सर्वसाधारण लाई  सहयोग गर्ने भावना जागृत हुनु आफैमा सहनिय कार्य भएको भन्दै कैदीवन्दीले हस्तान्तरण गरेको खाद्यान्नको एक दाना पनी दुरुपयोग नगरी वास्तविक पिडितलाई राहत स्वरुप वाड्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनु भयो ।

मुलुकनै संकटको भुमरीमा परिरहेको बेला वास्तविक दैनीक हातमुख जोड्न समस्या भएका सर्वसाधारण विपन्न परिवारलाई कञ्चनपुरका कैदीवन्दीहरु जस्तै मन भएका व्यक्तिहरुको अहिले दैशैभर खाचो भएको छ । यस बेला सवैले आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नु आवस्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *