भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै

समाचार

काठमाण्डौ – भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै २ सय ८८ जनाको ज्यान गएको वल्डओमिटरले दावी गरेको छ । यस्तै ८ हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म २ सय ४२ जनाको ज्यान गएको र साढे ७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *