चवन्नी बजारका व्यवसायी धामीद्धारा बेलडाँडी विपद् कोषमा आर्थिक सहयोग

समाचार

बेलडाँडी गाँउपालिका वडा नम्बर २ चवन्नी बजारका व्यवसायी तेज सिह धामीद्धारा बेलडाँडी गाँउपालिका आर्थिक सहयो गर्नु भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड को रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ बेलडाँडी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा व्यवयासी धामीले नगद रु ५१ हजार आर्थिक सहयोग गर्नु भएको हो ।

शनिबार युवा व्यवसायि धामिले विपद् व्यवसपनका लागि थप सहयोग पुगोस भनेर गरीएको नगद ५१ हजार रकमको चेक गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो । उहाँ चवन्नी बजारमा रहेको मालिकार्जुन ट्रेड एण्ड सप्लायर्सका प्रोपराईटर हुन ।

यसरी आफुले यस्तो विपद्को घडीको सामना गर्न गाउपालिकालाई सहयोग गर्न पाउदा आफु खुशि भएको बताउनु भयो । नगद रकमको चेक ग्रहण गदै अध्यक्ष थापा क्षेत्रीले सहयोगका लागि व्यवसायि धामिलाई आभार प्रकट समेत गर्नु भएको छ । य

सरी अहिले गाउँपालिकालाई विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुबाट दिन प्रति दिन यहयोग गर्नेहरुको संख्या बढ्दै गएको गाउपालिकाका अध्यक्ष थापा क्षेत्रीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *