बेलडाँडी क्वारेन्टाईनमा र्यापिड टेष्ट सबैकाे नेगेटिभ

समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी – बेलडाँडी गाउपालिका वडा नम्बर -२ मा रहेकाे क्वारेन्टानमा रहेका सबै जनाकाे काेराेनाका लक्षण पत्ता लगाउन र्यापिड टेष्ट गरिएकाे छ ।

बुधबार जिल्ला अस्पताल कञ्चनपुरबाट खिटिएकाे स्वास्थ्यकर्मिहरूकाे एक टाेलिले बेलडाँडीमा रहेकाे क्वारेन्टाइनमा रहेका १२ जनाकाे र्यापिड टेष्ट गर्दा सबैकाे रिपोर्ट नेगेटिभ अाएकाे हाे ।

राैलेश्वर आदर्श जनता बहुमुखी क्याम्पस बेलडाँडीमा राखिएकाे क्वारेन्टाइनमा रहेका १० जना पुरूप र २ जना महिलाकाे काेराेनाकाे लक्षण भए नभएकाे पत्ता लगाउनका लागि र्यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएकाे बेलडाँडी गाउपालिकाका स्वास्थ्य संयाेजक माधबानन्द भट्टले कञ्चनपुर खबरलाई जानकारी दिनुु भयाे ।

क्वारेन्टाइनमा रहेका उनिहरू यहि चैत्र ११ गते भारतबाट अाएका थिए । त्यस पछि ती सबैलाई उच्च सतर्कताका लागि क्वारेन्टाइनमा राखिएका हुन ।

यसरी उक्त स्वास्थ्यकर्मीहरूकाे टाेलिले बेलाैरी र पुनर्वासकाे क्वारेन्टाइनमा रहेकाहरूकाे समेत र्यापिड टेष्ट गर्ने छन । जिल्लामा यसरी दुई टाेलि खटीएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *