उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं -प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराएका हुन ।

रुबीकुमारी ठाकुरलाई श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।

आज सदनमा २५६ सांसद उपस्थित थिए ।  यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२  जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनलाई भोट नहाली ३७ जना भने तटस्थ बसे थए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *