कञ्चनपुर क्षेत्र ३ मा राप्रपाको चुनावी सम्पर्क कार्यालय

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ मा राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)ले चुनावी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । राप्रपाले क्षेत्र ३ का अधिकाँस वडाहरुमा सम्पर्क कार्यालय संचालनमा ल्याएको हो ।

सोमबार पनि भिमदत्त नगरपालिका वडा नम्बर १० को सम्पर्क कार्यालयको उद्वघाटन उम्मेदवार पूर्ण बहादुर चन्दले रेवन काटेर गर्नुभयो । सो कार्यक्रममा राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रको समानुपातिकका उम्मेदवार धर्मराज जोशी, केन्द्रिय सल्लाहकार दशरथ जोशी, महिला संगठन कञ्चनपुर जिल्ला अध्यक्ष तथा केन्द्रको समानुपातिक उम्मेदवार हेलन श्रेष्ठ, वडा–१० का अध्यक्ष उत्तम चन्द,राप्रपा कञ्चनपुर निर्वाचन समिति सदस्य हरिहर पाण्डेय,पुर्व वडा अध्यक्ष दान बहादुर पाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसै गरी उक्त सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा नयाँ पार्टी प्रवेसीहरुलाई पनि टिक लगाएर स्वागत गरीएको थियो भने क्षेत्र ३ मा उम्मेदवार चन्द सहितका नेता तथा कार्यकर्ताहरुले निरन्तर प्रचारप्रसार गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *