नेकपा एमाले सुप प्रदेश सचिवालय सदस्य कलसा महराले गरिन पार्टी परित्याग

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य एवं संविधान सभा सदस्य कलसा महराले एमाले पार्टी परित्याग गरेकि छिन् । निर्वाचनकाे मखमै शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर उनले नेकपा एमाले परित्याग गरेकाे घाेषणा गरेकि हुन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ भिमदत्त नगरपालिका १८ घर भएकि महिला नेतृ महरा २०४८ साल देखि नेकपा एमालेकाे सक्रिय सदस्य भएर पार्टीमा जाेडिएकि थिईन । एमालेकाे १० औ महाधिवेशन प्रतिनिधि समेत हुन ।

२०६३ सालमा एमाले विभाजन पश्चात् नेकपा मालेकाे जिल्ला अध्यक्ष समेेत भएर काम गरिकि महरा २०७० सालमा नेकपा मालेबाट संविधान सभाकाे समानुपातिक तर्फबाट टिकट पाएर संविधान सभा सदस्य बनिकि थिईन ।

उनले एमाले पार्टी जनताकाे भावना भन्दा पनि दम्ब र अहंकारले चलिरहेकाे भन्दै आफलाई पार्टी नेतृत्वकाे शैली ठिक नलागेकाले एमाले त्यागेकाे पत्रकार सम्मेलनमा बताएकि छिन् ।  उहाँले पार्टी भित्र आफुलाई लत्याउने, पार्टीमा महिला महिला भावना र प्रतिनिधित्व ख्याल नगरेकाे, पार्टीकाे विधि, प्रकृया, नियम भन्दापनि आफ्नावाद लादिएकाे आराेप लगाएकि छिन् ।

उनले भनिन् “पार्टी निर्माणमा मेराे धेेरै ठुलाे लगानी छ, एमाले संगठन बनाउन मकैकाे गेडा भुटेर खाएर संगठन बनाएकाे मान्छे हुँ, तर पछिल्लाे पार्टीकाे नेतृत्वकाे कार्य, जेन्जी आन्दाेलनमा निर्दाेष किशाेरहरूकाे हत्या गरेकाे, पार्टी भित्र नातावाद कृपावाद, हावि भएकाले ठिक नलागेर पार्टी त्यागेकाे बताए ।”

महिला नेतृ महराले अबकाे मेराे जीवन स्वतन्त्र भएर समाज सेवामा रहने बताउनु भएकाे छ । महिला नेतृ महराले आफु सहित ८/९ जना एमालेका जिम्मेवार पदमा रहेका पार्टीका कार्यकर्ताले एमाले पार्टी परित्याग गरेकाे बताएकि छिन् ।

आगामि फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मुखमै एमाले पार्टीका सक्रिय कार्यकर्ता पार्टी छाेडन थालेपछि अन्य प्रतिर्स्प्रधि पार्टीमा उम्मेदवारलाई सजिलाे हुुन पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *