मृत्युसंग लडिरहेका कैलालीका साउँदको सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उद्धार

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, मंसिर १६- मृत्यु संग लडिरहेका कैलालीका साउँदको सुदूरपश्चिमेली नेपाली समाज, यूएई द्वारा उद्धार गरेको छ । सुदूरपश्चिम प्रदेश को कैलाली जिल्ला वौनिया स्थायि वसोवास गर्ने २३ वर्षिय, जगत साउद रोजगारीको शिलशिलामा खाडि मुलुक यूएई आई अवैधानिक रुपमा अबुधावीमा बस्दै आएका साउद व्लड क्यान्सर भई कलेजो पुर्ण रुपमा क्षति भएको अवस्था युएयी स्थित बु्रजिल अस्पताल ,अबुधावी मा उपचारको क्रममा अस्पताल मा रहेका उनकाे  उद्वार गरिएकाे हाे ।

उपचार खर्चको अभावमा जिवन मृत्युको संघारमा पुगेका साउँदलाई सुदूरपश्चिमेली नेपाली समाज (यूएई) को सहयोगमा थप उपचार का लागी नेपाल एयरलाईन्स को उडानवाट नेपाल पठाइएको सुदूरपश्चिमेली नेपाली समाज युएई का अध्यक्ष प्रकाश दत्त बडुले जानकारी गराउनु दिनु भएकाे छ ।

सुदूरपश्चिमेली नेपाली समाज यूएई ले आर्थिक सहयोग अभियान चलाई उहालाई नेपाल सम्म पुर्याउन आवश्यक रकम जुटाई नेपाल पठाईएको जानकारी गराउदै यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी लाई साउँदका आफन्तहरुले को हार्दिक आभार व्यक्त गैका छन ।

विगत देखिनै युएईमा समस्यामा परेका सुदूरपश्चिमेलीहरुको लागी सकेको सहयोगको लागी सुदूरपश्चिमेली नेपाली समाज यूएई सदैव तत्पर रहदै आएको भन्दै पनि जनाउदै विरामी भाईको लागी विभिन्न ठाउमा सहयोग अभियान चलाईएको र संकलित रकम सम्वन्धित लाई छिट्टै पुर्याउन पहल थालिने अध्यक्ष प्रकाश दत्त बडुले जानकारी दिएका छन ।

अध्यक्ष बडुको सामाजिक कार्यलाई देश विदेशका विभिन्न सामाजिक संघ संस्था तथा सहयोगी दाताहरुले मानविय सहयोगि मनका धनी व्यक्तित्वको संज्ञा दिदै धन्यवाद ब्यक्त गरेका छन ।

दुःख परेका बेला पाएको आर्थिक सामाजिक , मानसिक तथा र पारिवारिक सहयोग कुनै व्यक्तिले नभुल्ने भएकाले दुःख र समस्या झेन्दै आएकाहरुलाई मानवताको नाताले सकेजति सहयोग गर्नुपर्ने समेत अध्यक्ष बडुले धारणा व्यक्त गरेका छन ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *