महाकाली नदिमा एक युवक बेपत्ता, राति सम्म नभेटिपछि फर्कियाे उद्वार टाेली

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– महाकाली नदिमा डुबेर भिमदत्तका एक युवक बेपत्ता भएका छन् । मंगलबार दिउसाे २ बजेतिर महाकाली नदीमा बेपत्ता भएका भीमदत्त नगरपालिका १२ का २२ बर्षिया रोसन नेपाली (मनोज) बेपत्ता भएका हुन ।

घरदेखि बयर खान भनी निस्केका नेपाली चारलेन पुल नजिक साथिहरूसंग नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

उनकाे खोजी कार्यमा खटिएको नेपाली सेना र प्रहरीको टोली खटिएकाे भएपनि अबेर राति सम्म खेजी गर्दा फेला नपरेपछि उद्वार टाेली फर्किएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी डिएसपि सागर बाेहराले बताउनु भयाे ।

उनले भने “खोज तथा उद्धार सामाग्री सहित बेपत्ता दमाईको खोजीमा खटिएको सैनिक टोली राति भएपछि फिर्ता भएकाे छ ।”

उनकाे खोजीका लागि नेपाली सेनाको वराहदल गुल्मकाे टाेली ईलाका प्रहरी कार्यालय गड्डाचौकी, सीमा सुरक्षा गुल्म गड्डाचौकी र भीमदत्त नगरपालिकाका नगर प्रहरीको टोली खटिएको थियो ।

भाेलि विहान देखि फेरी खाेज तथा उद्वार टाेली खटिने कञ्चनपुर प्रहरी प्रबक्ता बाेहराले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *