कञ्चनपुरमा हात्तीकाे आक्रणबाट एक महिलाकाे मृत्युु

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/महेन्द्रनगर- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । साेमबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानकाे आक्रमणबाट भीमदत्त नगरपालिका १४ बनकट्टी घरभएका बर्ष ४५ कि  धना विष्टको मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा राष्ट्रिय  निकुञ्ज नजिकमा रहेको विष्टको घरमा हात्तीकाे बथान पुगेपछि घरमा आक्रमण गर्न शुरू गरेपश्चात भाग्ने क्रममा धनामाथी आक्रमण गरेकाे बताए ।

घाईते धनाको उपचारका क्रममा मंगलबार विहान महाकाली प्रादेशिक अस्पतालमा मृत्युु भएकाे सुचना अधिकारी बोहराले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनका अनुसार “राति सुतिरहेकाे अवस्थामा मृतकका श्रीमान नन्दलाल विष्ट भागेर बाच्न सफल भए, तर श्रीमति भाग्ने क्रममा हात्तीकाे आक्रमणबाट सख्त घाईते भएकि थिईन ।”

राति सुतहेकाे अवस्थामा एक्कासी हात्तिले कच्ची घर भत्काउन थालेपछि सुतिरहेका श्रीमान नन्दलाल र श्रीमती धनाले हात्ती आएकाे थाहा पाएका थिए ।

हात्ती आएकाे थाहा पाउने बित्तिकै निद्राबाट एक्कासि विउझिएर धना पनि भाग्ने प्रयासमा थिईन तर हात्तीले आक्रमण गरिहाल्याे उहिनेर ढलेकि थिएन ।

मृतक धना विष्टको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । कञ्चनपुरमा जंगली हात्तीकाे आक्रमणमा परेर अहिले सम्म धेरैले ज्यान गुमाई सकेका छन् ।

मानव वन्यजन्तुकाे द्वन्द बढन थालेपछि निकुञ्ज छाेउतिर बसाेवास गर्ने स्थानीय त्रसित बनेका छन् ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *