बेलडाँडी रास्वपामय बन्दै, एकै दिन १ सय बढिकाे संख्यामा पार्टी प्रवेश

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी,कञ्चनपुर- जिल्लााकाे बेलडाँडी गाउँपालिमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी प्रवेश अभियान थालेसंगै बेलडाँडी रास्वपामय बन्दै गएकाे छ ।

शुक्रबार राति मात्रै विभिन्न पार्टी परित्याग गरेर १ सय भन्दा बढिकाे संख्यामा रास्वपामा प्रवेश गरेका छन् ।

बेलडाँडी गाउँपालिका ५ ईमलिला गाउँबाट १ सय दुई व्यक्ति विभिन्न पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामिले बताउनु भयाे । उनले भने “पार्टी प्रवेश गर्नेमा ३०/३२ जना जति जेन्जी समुहका रहेकाे र अन्यमा पूर्ब भलमन्सा ,पुर्व छेत्रपाल,ब्यपारी ,समाजसेबि ,भोजराम राना सहित जम्मा १ सय दुई जनालाई पार्टी प्रवेश गराएका छाै।”

जिल्लाकै हकमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेकाे संख्या उच्च रहेकाे पाईएकाे छ । त्यस मध्ये पनि बेलडाँडी गाउपालिकामा बढि छन् । पार्टी परित्याग गर्नेेमा अरू भन्दा पनि काँग्रेसका क्रियाशील कार्यकर्ता बढि रहेकाे रास्वपाले जनाएकाे छ ।

बेलडाँडीमा मात्रै अहिले सम्म रास्वपा पार्टीमा झण्डै १ हजार २ सय भन्दा बढिकाे संख्यामा पार्टी प्रवेश गरेकाे रास्वपा बेलडाँडी सभापति धामिले बताउनु भयाे ।

पार्टीकाे कार्यक्रमलाई जनतामाझ लग्ने र पार्टी प्रवेशकाे अभियान समेत आगामि दिनमा जारी रहने उनले बताए ।

पार्टी प्रवेश गर्नेहरूकाे फाेटाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *