विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीले पाकिस्तानी सैनिकमाथि जवाफी कारबाही शुरु गरेको बताएका छन् । उनीहरूले दक्षिणी प्रान्त हेल्मन्दमा दुई पाकिस्तानी सीमा चौकी कब्जा गरिएको दाबी समेत गरेका छन् । पाकिस्तानी सुरक्षा अधिकारीले धेरै सीमा क्षेत्रमा झडप भएको स्वीकार गर्दै त्यसको जवाफ दिइरहेको बताएका छन् ।

