कञ्चनपुर, भदौँ ३० -कञ्चनपुर जिल्ला अदालतकोे एक गाडी दुर्घटनामा परेको छ । सोमबार हुलाकी सडक अन्र्तरगत दैजी बेलडाँडी निकुञ्ज क्षेत्रमा जिप दुर्घटना भएको हो । बेलडाँडीदेखि महेन्द्रनगर आउने क्रममा बा ०१-००२झ ६८५९ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त गाडि
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपि खडक बहादुर खत्रीले दुर्घटनाबाट कुनै मानविय क्षति नभएको बताए । उक्त गाडीमा चालक र प्रहरी हवल्दार रहेकोे जनाइएको छ । दुर्घटनामा परेकाे गाडिलाई उद्वार गर्न ईलाका प्रहरी कार्यालय बेलडाँडीकाे टाेली खटिएकाे उनले बताए ।
साे दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


