कञ्चनपुर/ डिल्लीराज पन्त- सुदूरपश्चिमको लोक संस्कृतिमा आधारित गौरा पर्व आजबाट सुरु भएको छ । भाद्र पञ्चमीका दिन सुरु हुने सुदुरपश्चिमेलीहरुको मुख्य चाड गौरा पर्वमा आज घर घरमा पन्च अन्न विरुडा भीजाएर गौराको थालनी गरीएको छ ।
सुदुरपश्चिम प्रदेशमा धुमधामका साथ मनाईने गौरा पर्व सनिवार दे€खी आरम्भ भएको छ । परापुर्वकाल देखी हरेक वर्ष भाद्र पञ्चमी देखी परम्परागत रुपमा मनाईने पर्व पञ्च (विरुडा) भिजाएर पर्वको थालनी गरीएको हो । आका दिन ब्रतालु महिलाहरु एकत्रित भई सामुहिक रुपमा गौरा फाग गाउने गर्दछन ।
फाग गौरा पर्वमा मनाईने विशेष प्रकारको गितको भाका
गौरा पर्वमा विवाहित महिलाहरुले आजको दिन निराहार व्रत बसेर सगुन गाउँदै तामाको भाडामा गहु, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न अर्थात विरुडा भिजाएर गौरा पर्व सुरु हुने गर्दछ। यिनै पांच अन्नको मिश्रणलाई ‘विरुडा‘ भन्ने गरीन्छ भने यस दिनलाई विरुडा पञ्चमीको नामले पनी चिन्ने गरीन्छ । भाद्र सप्तमीका दिन गौरा देविको स्थापना गरी नजिकको मठ मन्दिरमा भित्र्याएर पुजा अर्चना गरी विवाहित महिलाहरुले पुरुषले जनेउ लगाए जस्तै घाटिमा लगाउने दुबधागो चढाउने गर्दछन ।
यस पर्वमा शिव –पार्वतीको पुजा गर्ने गर्दछन ।पार्वतीले शिव पती पाएझै अविवाहित महिलाले शिव जस्तै पति पाउभनी ब्रत वस्दछन भने विवाहित महिहलाहरुले पतिको दिर्घायुको कामना गर्ने गर्दछन ।
आजका दिन घर घर मा पञ्च अन्न भिजाएर राखिएको ठाउ वाट षष्ठीका दिन नजिकको कुवा तलाउ तथा धारामा लगेर विरुडा धुने र आफना कुल देवताको पुजा अर्चना गर्ने चलन रहेको स्थानिय महिला वताउछिन ।
गौरा पर्वको प्रमुख आर्कषणका रुपमा रहेको देउडा खेलमा पौराणिक कथा , देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरीन्छ । पछिल्ल वर्षहरुमा चौक चौतारा र मठ मन्दिर मा सामाजिक विकृति र विसंगती विरुद्ध पनी देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्दै चोक चौताराहरुमा देउडा खेल खेल्ने गरीएकोे संस्कृति रक्षक हजारी सिंह पुजारा बताउछन ।
गौरा पर्वको अवसर पारेर जिल्ला अनुसार फरक फरक भाका र शैलीमा खेलिने डेउडा खेलमा महिला तथा पुरुषले आ आफ्नो समूह बनाएर डेउडा गित गाउदै खेल खेल्ने गर्दछन् । गौरा विर्सजन नभए सम्म गौरा घर, मठ–मन्दिर, चोतारा लगायत सार्वजनिक ठाउमा पुरुष र महिला छुट्टा छुट्टै रुपमा गोलवद्ध भई स्थानिय लोकभाकामा देउडा, चैतली, धमारी ढुस्को खेलेर मनोरन्जन गर्ने गरेको पाईन्छ ।
देउडा देउडा खेल गाउदै स्थानिय गौरापर्व सुदुरपश्मि संगै भारतको कुमाउ गढवालमा समेत धुमधाम संग मनाईने गरन्छि ।सुदुर पश्चिममा प्राचीनकालदेखि प्रचलित गौरा पर्वले ठूलो धार्मिक साँस्कृतिक महत्व बोकेको छ यो पर्वको थालनी भाद्र पञ्चमीका दिन महिलाहरुले गहु, केराऊ,गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई भिजाएर हुने भएपनी समापनको भने निश्चित तिथि भएको पाईदैन ।
सामान्यतया गौरा पर्व एक साता सम्म मनाइने गरीन्छ ।
पछिल्लो समय गौरा पर्व सुदुरपश्चिममा मात्र नभई संघिय राजधानी काठमाडौंमा समेत धुमधाम संग मनाईदै आएको छ । यस्ता खाले मौलिक तथा परम्परागत पर्वहरुलाई संरक्षण र सम्वर्धन गर्नकालागी भावि पुस्ताहरुले समेत लाग्नुपर्ने जरुरी देखिन्छ ।

