रास्वपा नेताहरु कञ्चनपुर हस्ताक्षर स्थलमा, प्रत्यक्ष सहकारी घोटालामा संलग्नलाई संरक्षण, विपक्षीमाथि मुद्दा

मुख्य खवर राजनीति विशेष समाचार

शुनिल राना/कञ्चनपुर, ४ भदौँ-पाटी सभापति रवि लामिछानेमाथि वर्तमान सरकारले राजनैतिक प्रतिशोध साँधेर जेल पुर्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुर सहित देशभर हस्ताक्षर अभियान सचालन गरेका छन ।

रास्वपा कञ्चनपुरले गत असार दोस्रो सातादेखि जिल्लाका विभिन्न स्थानमा पाटी सभापति लामिछानेमाथि अन्याय भएको भन्दै नागरिकको हस्ताक्षर संकलन गरेका थिए ।
अहिले पनि जिल्लाका विभिन्न स्थानमा हस्ताक्षर अभियान जारी रहेको छ । हस्ताक्षर अभियान अनुगमनका लागि रास्वपा सचिवालय सदस्य एव हस्ताक्षर अभियान संयोजक दिपक बोहरा, केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई, नेता प्रमोद न्यौपाने सहितका केन्द्रीय नेताहरु कञ्चनपुर पुगेका हुन ।

महेन्द्रनगर र दोधाराचाँदनी हस्ताक्षर स्थल पुगेका रास्वपा नेतात्रय स्ताक्षर अभियान संयोजक दिपक बोहरा, केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई, नेता प्रमोद न्यौपानेले वर्तमान एमाले, काँग्रेस नेतृत्व सरकारले प्रत्यक्ष रुपमा सहकारीमा नजोडिएका पाटी सभापतिमाथि हमला परेर सिङ्गो पाटी सिध्याउनका लागि षड्यन्त्र अनुरुप सभापति लामिछानेलाई झुटा मुद्दा लगाएर जेल कोचेको बताएका छन ।

उनीहरुले सत्ताधारी दलका नेता कार्यकर्ताहरु प्रत्यक्ष सहकारी सहित अन्य राज्यको स्रोत दोहन घोटाला काण्डमा संलग्न भएपनि उनीहरुलाई सरक्षण गर्न सरकार उद्यत रहेको आरोप लगाएका छन । सरकारका गलत कामको बिरोध गर्ने विपक्षी दलका नेता कार्यकर्ताहरुलाई छानिछानी मुद्दा चलाउने तर जनताको आधारभूत समस्या समाधान, भ्रष्टाचार रोकथाममा सरकारले चासो नै नदेखाएको उनीहरुको भनाई छ । राजनीतिक प्रतिशोध बिरुद्धमा आम नागरिकले अब रास्वपालाई साथ सर्मथन दिनुपर्ने आब्हान गरेका छन ।
रास्वपा युवा नेता एव अधिवक्ता समेत रहेका नविन चन्दले बुधबार महेन्द्रनगर र दोधाराचाँदनी हस्ताक्षर स्थलमा संयोजक बोहरा सहितका नेताहरु पुगेको बताए ।

रास्वपा अर्का युवा नेता ज्ञानेन्द्र सिह महताले संयोजक बोहरा सहितका नेताहरुले कञ्चनपुर सहित सुप प्रदेशको कैलाली, डोटी, बैतडी, दिपायल, अछाम सहितका विभिन्न स्थानमा संचालन भएको हस्ताक्षर अभियान स्थल पुग्ने कार्यक्रम रहेको बुझिन्छ । बिहीबार झलारीमा आम सभा सम्बोधन गरेर नेताहरु थप हस्ताक्षर अभियान स्थलमा जाने बताए ।
रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पाटी केन्द्रको कार्यक्रम अनुरुप जिल्लाभरी हजारौँ नागरिकले हस्ताक्षर गरेको बताए ।

उनले जिल्लाकै युवा ,विद्यार्थी, महिला, मजदुर, किसान, पत्रकार, सरकारी कर्मचारी, पुर्व सुरक्षाकर्मी, जनप्रतिनिधी, विभिन्न राजनीतिक दलकै नेता कार्यकर्ताहरु एव आम नागरिकले हस्ताक्षर गरेको बताए । रास्वपाले कञ्चनपुरमा निरन्तर हस्ताक्षर अभियान संकलन हुने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *