भिमदत्तमा रहेकाे बाल बिकास केन्द्रमा रास्वपाद्धारा विद्युत र खाने पानी जडान

Uncategorized

महेन्द्रनगर-भिमदत्त नगरपालिका ३ राधाकृष्ण टाेलमा रहेकाे समुदायमा सञ्चालित भिमदत्तकाे एकमात्र बालबिकास केन्द्र राधाकृष्ण बाल विकास केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ३ नम्बर वडा समितिले बिद्युत,खानेपानी जडान तथा पंखा र पाठ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।

रास्वपा ३ नम्बर वडा कार्य समितले एक कार्यक्रमका माझ मंगलबार बाल विकास केन्द्रमा पानी, विद्युत जडान गरिदिएकाे हाे ।

स्थानिय सरकारले हालसम्म पनि बाल विकास केन्द्रमा पानी,विद्युत लगायत आधारभुत कुराकाे समेत जाेहाे गर्न नसक्दा सामाजिक दायित्व अन्तर्गत आफुहरूले उत्त कार्य गरेकाे रास्वपाका वडा सभापति राम बहादुर जप्रलले बताउनु भयाे । कार्यक्रममा बाेल्दै रास्वपाका नेता ज्ञानेन्द्र महताले भिमदत्त नगरपालिका क्षेत्र भित्र पनि बालविकास केन्द्र अवस्था नाजुक देख्दा दु:ख लागेकाे बताउनु भयाे । याे देशमा शिक्षा मन्त्रालय छ तर वालवालिकाहरू अहिले निशुल्क पढ्न पाउने अधिकारबाट अझै बञ्चित रहेका छन ।

भिमदत्त नगरपालिकाकाे केन्द्रमा त बाल बिकासकाे अवस्था यस्ताे दैयनिय छ भने ग्रामिण क्षेत्रमा रहेका यस्ता बाल बिकास केन्द्रकाे अवस्था कस्ताे हाेला भनेर सहज अनुमान गर्न सकिन्छ महताले भन्नू भयाे ।

उक्त कार्यक्रममा रास्वपाका नेता पदम बिष्ट तथा फणीन्द्र जाेशिकाे समेत सहभागिता रहेकाे थियाे । २०६० स्थापना भएकाे उक्त केन्द्रमा स्थानिय विपन्न समुदायका १६ जना बालबालिका अध्ययन गर्दै आएका छन ।

बाल बिकास केन्द्रमा खानेपानी,बिद्युत तथा पंखा जडान र पाठ्य सामग्री उपलब्ध भएपछि बालबिकास शिक्षिका दुर्गा देवि शुनारले खुसि ब्यक्त गरेकि छिन । साे कार्यक्रम नवदुर्गा कालिका प्राविका प्रअ नर बहादुर धामिले सञ्चालन गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *