महेन्द्रनगर-जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको वैशाख १५ गतेको पत्रनुसार सरुवा भएर शनिबार कञ्चनपुर पुगेर एसपी खत्रीले कार्यभार सम्हालेका हुन ।
कार्यभार सम्हालेका एसपी खत्रीले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् । यस अघि कञ्चनपुरका एसपी चक्रराज जोशीलाई जिल्ला प्रहरी परिसर ललितपुर सरूवा भएका पछि कञ्चनपुर प्रहरीकाे कमाण्ड खत्रीले सम्हालेका छन् ।
उनी यस अघि नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत थिए । त्यहाका सरूवा भएर जिल्ला प्रहरी कार्यलय कञ्चनपुरकाे जिम्मेवारी सम्हालेका हुन ।
यस अघि झण्डै १४ महिना विवादरहित रुपमा एसपी जोशी नेतृत्वमा प्रहरीले विभिन्न अपराधमा मुछिएका फरार अभियुक्तदेखि ठुला हत्या काण्डमा सफल अनुसन्धान गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार विभिन्न अपराधमा मुछिएका १ हजार २सय ६५फरार अभियुक्त मध्ये चालु आर्थिक बर्षको १० महिनामा मात्रै ३सय ९७फरार अभियुक्त पक्राउ परेका छन । भने अन्य थुप्रै समुदायमा नागरिक संग प्रत्यक्ष जाेडेर गरिने कार्यक्रम समेत गरेका थिए ।
एसपि जाेशीले भन्सार चाेरीछली, तस्करी नियन्त्रणमा समेेत उलेख्य प्रगति हासिल गरेका गर्दै जटिल प्रकृतिका अपराध अनुसन्धानमा समेत सफल भएर अपराधलाई कानुनी दायरामा ल्याउन सफल भएक थिए ।
अब नयाँ एसपि खत्रीलाई जिल्लाकाे शान्ति, सुरक्षा, भन्सार चाेरी तस्करी नियन्त्रण देखिन अन्य थुप्रै सुरक्षा संग सम्बन्धित चुनाैति थपिएकाे छ ।

