कञ्चनपुर प्रहरी प्रमुख एसपि जाेशीकाे सरूवा, नयाँ एसपि खत्री आउँदै

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर -जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी  उपरीक्षक (एसपी) चक्रराज जोशीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना गर्दै उनीसँगै ६३ एसपीहरुको सरुवा गरेको हो।

सरुवा सूची अनुसार कञ्चनपुरका एसपी जोशी जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारी दिइएको छ। कञ्चनपुरमा नयाँ एसपीको जिम्मेवारीमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत खड्क बहादुर खत्रीले पाएका छन्।

एसपि जाेशीले कञ्चनपुर प्रहरीकाे जिम्मेवार सम्हालेकाे  १४ महिनाकाे समयमा जिल्लाकाे अपराध नियन्त्रण, भन्सार चाृरी छली नियन्त्रण र शान्ति,सुरक्षाका सवालमा उल्लेखनीय कार्यक्रम गरेका थिए ।

यस्तै उनले नागरिक मैत्री प्रहरी सेवाकाे कार्यमा उल्लेखनीय कार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *