एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पंङ्खा र कुर्सी सहयाेग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथालयमा भौतिक सहयोग गरेको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले महेन्द्रनगर अनाथालयमा भौतिक सहयोग गरेको होे ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनकोे ५६औँ स्थापना दिवसको अवसरमा अनाथालयमा पङखा र कुर्सी वितरण गरेको बताए । ‘हामीले यस बर्ष स्थापना दिवसमा असाहय बालबालिकालाई सक्दो सहयोग गरेका छौँ, ‘उनले भने, ‘हामीले सक्दो सहयोग गर्ने हो ।’

सहयोग समाग्री वितरणमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, उपाध्यक्ष दिनेश भट्ट, सुप प्रदेश अध्यक्ष महादेव जोशी सहितका निजामती कर्मचारी संगठनका पदाधिकारी एव सदस्यको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *