एमाले निकट निजामती कर्मचारी संगठन सुप प्रदेश अधिवेशन भाेलि महेन्द्रनगरमा हुँदै

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश दोस्रो अधिवेशन महेन्द्रनगरमा हुन लागेको छ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन भाेलि विहिबार महेन्द्रनगर हुन लागेको हो ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश महासचिव समेत रहेका ईन्जिनियर महादेव जोशीले महेन्द्रनगरमा सम्पन्न हुने दोस्रो अधिवेशनको तयारी पुर।ा भएकाे बताउनु भयाे ।

यस अघि नेपाल निजामती कर्मचारी संगठन सुपका ९वटै जिल्ला अधिवेशन सम्पन्न गरेको संगठनले प्रदेश स्तरिय अधिवेशन गर्न लागेकाे नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्दले बताउनु भयाे । उनबा अनुसार जिल्लामा हामिले भव्य रूपमा अधिवेशन सम्पन्न गर्न तिव्र तयारी गरिएकाे बताउनु भयाे ।

कार्यक्रमकाे तयारी पूरा, प्रदेश र जिल्लाका नेतृत्व सहितकाे तस्बिर 

उद्घाटन समाराेह भाेलि विहान १० बजे एमाले पार्टी कार्यालयकाे सभा कक्षामा हुनेछ । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आथित्य एवं एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावल प्रमुख बक्ताका रूपमा रहने जिल्ला अध्यक्ष चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *