श्रीमती कुटेर फरार भएका प्राध्यापक भट्टलाई कार्वाहि गर्न विद्यालय र शिक्षक संगठनद्वारा माग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर/१७, मंसिर-श्रीमती कुटेर फरार भएका सुप विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलार्ई पक्राउ गर्न शिक्षिका कार्यरत महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) र अखिल नेपाल शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठनले माग अघि सारेको छ ।

सोमबार महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनले प्रेस विज्ञप्ती जारी गर्दै शिक्षिका श्रीमती कुटने प्राध्यापकलाई यथाशिघ्र पक्राउ गरेर कानुनी दायरमा ल्याउन माग अघि सारेका हुन ।

घटनाको छानबिन गरेर दोषि उपरलाई कार्बाही र उपचारार्थ घाईते शिक्षिकाको स्वास्थ्य लाभको कामना गरिएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँट, सचिव लोमणी जोशी, अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशी, सचिव खगेन्द्र भट्ट र प्रद्यानाध्यापक देवराज भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषि उपर कार्बाहीको अघि सारेका छन ।

घटना घटेको तीनदिन वितिसक्दा पनि पक्राउ नगरिएको शिक्षक संघ संगठन विद्यालयले दुखेसो पोखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *