रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकामा आज राति काेजाग्रत पर्वकाे अवसरमा जात्रा लाग्ने भएकाे छ । विगतका बर्षहरूझै कोजाग्रत पूर्णिमाका राति परम्परागत धार्मिक महत्व बाेकेकाे संस्कृति जाेगेर्ना गर्ने उदेश्यले लाग्दै आएकाे जात्रा अर्थात जात यस बर्षपनि आज विहिबारकाे रातभर लाग्ने भएकाे हाे ।

बेलडाँडी गाउँपालिका वडा नम्बर-२ गाउँपालिका कार्यालय नजिक अवस्थित लटिनाथ मालिकार्जुनको मन्दिरमा प्रत्येक बर्ष काेजाग्रत पुर्णिमाका राति जात्रा अर्थात जात लाग्दै आएकाे छ ।
राति लाग्ने मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे र त्यसका लगि मन्दिर प्राङ्गणमा पूरा तयारी भएकाे आयोजक समितिका युवा समाजसेवी तेजसिंह धामिले जानकारी दिनु भयाे ।
उक्त मेलामा जिल्लाका विभिन्न स्थानबाट धार्मिक र, सांस्कतिक पहिचान बाेकेकाे सुदूरपश्चिमकाे दमहा बाजागाजा सहित मन्दिरमा आउने गर्दछन । मेलामा देउडा खेल हनुका साथै दमाह बाजाकाे राैनक सहितमा देवता पुजिने गर्दछन् । जात्रामा विभिन्न क्षेत्रका अन्य समुदायका मानिसहरू मेला हेर्न पुग्ने भएकाले उत्तिकै भिड समेत रहने गर्दछ ।
जात्रामा प्राय: दार्चुला, बैतडी क्षेत्रका समुदायले बाजागाजाका साथ जात ल्याउने र मेलामा रातभर देउडाकाे आयोजना हुदै आएकाे बेलडाँडीका युवा समाजसेवी माेहन प्रसाद बडुले बताउनु भयाे । उनले भने “हाम्रो बैवाह झिलमिलाबाट पनि जात बाजागाजा सहित मन्दिरमा जान्छाै र रातिभर जागराम बसेर देउडा खेल खेल्छाै ।”
उक्त जात्राले छुट्टै धार्मिक महत्व राख्दै आएकाे छ, भने अर्काे तर्फ धार्मिक पर्यटनमा समेत जाेड दिदै आएकाे छ ।

