निजामती कर्मचारी संगठन कञ्चनपुरकाे प्रशिक्षण कार्यक्रम, संगठन शुद्विकरणमा जाेड

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार महेन्द्रनगरकाे चेतन हाेटलकाे सभा कक्षमा एक कार्यक्रमका माझ जिल्ला स्तरिय प्रशिक्षण तथा संगठन शुद्धीकरणमा जाेड दिदै कार्यक्रम सम्पन्न गरेकाे हाे ।

संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष मान बहादुर चन्दकाे सभापत्व तथा केन्द्रीय अध्यक्ष लेखनाथ काेईरालाकाे प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख भवानी दहाल, डा हिरा चन्द,  केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश महासचिव महादेव जाेशीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएकाे छ ।

कार्यक्रममा संगठनलाई थप बलियाे बनाउन शुद्धीकरण गरि अघि बढनु पर्नेमा जाेड दिदै प्रशिक्षण कार्यक्रम गरिएकाे जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे ।

संगठनका केन्द्रीय अध्यक्ष काईरालाले सबै तह र तप्कामा कार्यरत कर्मचारीकाे हक, अधिकारकाे पक्षमा संगठन अडिक रहेकाे कुरा जाहेर गर्नु भयाे । उनले कार्यक्रममा बाेल्दै भने “संघिय निजामति ऐन छिट्टै जारी गरिन लागेकाे भन्दै त्यसमा संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारी अटाउने गरी ऐन जारी हुने कुरा बताउनु भयाे ।”

सत्ताधारी निकट कर्मचारी संगठनका अध्यक्ष भएकाले पनि उनले अगाडि भने `हामिले सरकारसंग हाम्रा कर्मचारीका समस्यालाई सम्बाेधन हुने खालले ऐनबाट समाधान गरिने कुरामा आफु ढुक्क भएकाे बताउदै त्यसाे नभए हामी फेरि राज्यसंगकाे लडाईबाट विमुख नहुने बताए ।´

अहिले सबै भन्दा मारमा स्थानिय तहमा कार्यरत कर्मचारी रहेका भन्दै केन्द्रीय अध्यक्ष काेईरालाले भने `संघय निजामति ऐेन जारी हुनेवित्तीकै ऐेनबाट त्यसाे समस्या समेत हल हुने धारणा उनले ब्यक्त गरे ।´उहाँले संगठन बलियाे बनाउन सबै तहमा रहेका कर्मचारी साथिहरूले आ-आफ्नाे ठाउँबाट खटिन र व्यक्तिगत स्वार्थबाट माथि उठेर संगठनकाे हितमा काम गर्न समेत अनुराेध गरे ।

संगठनका केन्द्रीय सदस्य प्रताप चन्दले सुदूरपश्चिममा संगठन अहिले राम्रो अवस्थामा रहेकाे र त्यसलाई अझ बलियाे बनाएर अघि बढनु पर्ने धारणा व्यक्त गर्नुभयाे । उहाँले भने `कञ्चनपुरमा संगठनकाे अवस्था सबै जिल्ला भन्दा राम्रो छ, सबै साथिहरूले थप सदस्यता बढाउन आवश्यक रहेकाे र त्यसमा सबै स्थानीय तहमा रहेका साथिहरूले थप जिम्मेवार भएर लाग्न अनुराेध गरे ।´

हाललाई संगठनले गर्नु पर्नेकाम अन्तरगत संगठन शुद्धीकरणलाई निरन्तरता, संघिय निजामती ऐेन संसदबाट तत्काल जारी गर्न दवाफ सिर्जना गर्ने र संगठनलाई थप मजबुद बनाउन प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिईने कार्यक्रम रहेकाे निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे ।

केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण बिभाग प्रमुख भवानी दहाल र डा हिरा चन्द ले प्रशिक्षण दिनुभएकाे थियाे । चन्दले संगठनको बारेमा र दहालले आन्तरिक संगठन सुदृढीकरण तथा बैठक सञ्चालन लगायत बिषयमा प्रशिक्षण दिनु भएकाे थियाे ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष, प्रदेश र जिल्लाका सबै स्थानिय तहमा कार्यरत कर्मचारी नेताहरूकाे सहभागितामा प्रशिक्षण तथा संगठन शुद्धीकरण कार्यक्रम गरिएकाे थियाे ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *