नुवाकाेटकाे सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

राजनीति विचार/ब्लग विशेष समाचार

काठमाडौं-एयर डाइनेस्टीको एन–एजेडी हेलिकप्टर दुर्घटना भएको छ । दिउँसाे १:५४ बजे काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो।

चारजना चिनियाँ लिएर लिएर रसुवाको स्याफ्रुबेंसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। हेलिकप्टमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेका बताइएकाे छ।

गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले दिएको जानकारीअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *