महेन्द्रनगर-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ । आजभन्दा ६ वर्ष अगाडि १० साउन गते घरबाट साथी रोशनी बमको घरमा गृहकार्य गर्छु भन्दै हिँडेकी निर्मलाको भोलिपल्ट ११ साउन उखुबारीमा शव फेला परेको थियो । २हजार एक सय दिन पुरा हुँदा समेत वास्तविक बलात्कारी हत्यारा अझै पहिचान भएको छैन ।
यस बिचमा पाँ गृहमन्त्री, पाँच आइजिपी, ८ डिआइजी र नौ एसपी परिर्वतन हुँदा पनि दोषिको अहिलेसम्म पहिचान भएको छैन । उतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोबाट आएका तत्तकालिन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख तत्तकालिन एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्याकाण्डमा भीमदत्र् नगरपालिका १ (बागफाँटाका दिलिप विष्टलाई सार्वजनिक गरिएको थियो ।
दिलिप विष्ट हत्यारा हुनै सक्दैन भनेर अधिकारकर्मीसहित उतिबेला कांग्रेस नेता कार्यकर्ताहरुले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै होमिएको आन्दोलनमा सन्नी खुना बालकले ज्यान गुमाएका थिए भने दर्जनौँ स्थानीय घाइते भएका थिए ।
गृह मन्त्रालयको तथ्यांक अनुुसार यस बिचमा पाँच गृहमन्त्री परिर्वतन भए निर्मला हत्याकाण्ड हुँदा गृहमन्त्री राम बहादुर थापा(बादल), त्यसपछि क्रमस बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र अहिले गृहमन्त्री रमेश लेखक छन् । लेखककै गृह नगरकी निर्मला पन्तले न्याय पाउने स्थानीयले अपेक्षा राखेका छन् ।
निर्मला हत्याकाण्ड हुँदा उतिबेला नेपाल प्रहरीका प्रमुख (प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनाल थिए, त्यसपछि ठाकुर प्रशाद ज्ञवाली, शैलेश थापा(क्षेत्री), धिरज प्रताप सिह र हाल बसन्त बहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांक अनुसार निर्मला हत्याकाण्ड हुँदा तत्कालिन सुप प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक(डिआईजी) सुरज केसी थिए । त्यसपछि क्रमशः डिआइजीहरु तारणी प्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कँडेल, मोहन कुमार आचार्य, अशोक सिंह, निमित्र् प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्र् तथा प्रदेश प्रमुख भरत बहादुर बोहरा, हाल डिआईजी रविन्द्र केसी रहेका छन् ।
निर्मला हत्याकाण्ड हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा तत्तकालिन एसपी दिल्लीराज विष्ट, त्यसपछि क्रमशस् तत्कालिन एसपीहरु कुँवेर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमा प्रसाद चर्तुर्वेदी, श्याम सिंह चौधरी, कमल थापा र हाल जिल्लाका प्रहरी प्रमुख (एसपी) चक्रराज जोशीले कमाण्ड सम्हालेका छन् ।
निर्मला हत्याकाण्डको अनुसन्धान जारी छ स् कञ्चनपुर प्रहरी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले निर्मलाको हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । एसपी जोशीले हालसम्म ६ सय ५६ व्यक्तिमाथि अनुसन्धान भएको बताए । ‘५( जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ, ‘उनले भने, एक जनामाथि हाल पनि गरिरहेका छौँ ।’ एक सय ६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको एसपी जोशीले बताए ।
गृहमन्त्रीले चाहे दोषी पत्ता लाग्छ ः आमा
सरकारले हत्यारा अझै पत्ता लगाउन सकेको छैन । उतिबेला घरमा अधिकारकर्मी, नेता, प्रहरी, पत्रकार लस्करका लस्कर आउथे, आजभोली कोही आउँदैनन, पनि सोध्दापनि सोध्दैनन । मैले त न्याय पाउने आसै मारिसकेको छु ।अहिले यो ठाँउबाट गृहमन्त्री पनि भएका छन । उनले चाहे दोषि पत्ता लाग्छ ।
गृहमन्त्री रमेश लेखकले चाहे भने निर्मलाका हत्यारा पत्ता लाग्छन । अहिलेसम्म न्याय पाएको छैन, पीडित परिवारमा पीडा थपिएको थप्यै छ । उहाँ गृहमन्त्री रमेश लेखकले विगतमा पनि मेरी छोरीको न्यायका लागि बचन दिएका थिए, अहिले उहाँप्रति आश छ । यो साउन महिना लागेपछि मलाई निर्मलाको यादले झन पीडा थपिन्छ, साउन महिना कहिले जाला हुन्छ ।
सत्ताधारी एमाले निकट महिला संघद्वारा निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापन पत्र
सत्ताधारी नेकपा एमाले निकट अखिल नेपाल महिला संघले कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारी सार्वजनिक गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएका छन । एमाले निकट अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएका हुन ।
बिहीबार प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत उद्धव सिह कार्कीलाई ज्ञापन पत्र बुझाउँदै गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएको अखिल नेपाल महिला संघले कञ्चनपुरका उपाध्यक्ष भुवन कुँवरले बताईन । उनका अनुसार ६ बर्ष वितिसक्दा पनि निर्मलाका हत्यारा पत्ता नलाग्नु दुखत विषय भएकाले शिघ्र सार्वजनिक गर्नुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताईन ।
अखिल नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष चिनीगिरीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा प्रहरीले गर्ने अनुसन्धानमा राजनीति गर्ने खालका कृयाकलाप र दवावका कारण प्रहरीले दोषि समान्न नसकेको गृहमन्त्रीलाई अवगत भएको विषय उल्लेख गरिएको छ । गृहमन्त्रीकै नगर जिल्लाको जघन्य घटना भएकाले निर्मलाका हत्यारा पत्ता लाग्नेदेखि कार्बाही हुने विश्वास व्यक्ति गरिएको छ ।
ज्ञापन पत्रमा गृहमन्त्री रमेश लेखकलाई ईङगित गर्दै विगतमा यहाँले ‘निर्मला पन्त्को हत्यारा सरकारले नै लुकाएको र आफुले जिम्मेबार बहन गरेको २४घण्टा भित्र निर्मला पन्तको हत्यारा पत्ता लगाउनेछु’ भनेर बोलेको विषयबाट समेत अब निर्मलाका हत्यारा पत्ता लाग्नेमा विश्वास व्यक्त गरिएको उल्लेख गरिएको छ । आफ्नै निर्वाचन क्षेत्र, गृह नगर जिल्लामा भएको यस्तो अपराधमा नजरअन्दाज नगरे महिला संघले आन्दोलन गर्ने चेतावनी दिएका छन ।
विज्ञापन


