महेन्द्रनगर– कञ्चनपुरका निर्माण व्यवसायी यति बेला आन्दोलनमा छन् । उनीहरूले काम गरेकाे रकम भुक्तानी नपाएकाे भन्दै तिनदिन देखि निरन्तर आन्दोलनमा जुटेका हुन । साेहि क्रममा विहिबार आज आन्दोलनको तेस्रो दिन भन्सार कार्यालय गड्डाचाैकिमा तालबन्दी गरेका हुन ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले काम गरेर पनि भुक्तानी नदिने कार्यालय बिरुद्धमा तालाबन्दी अभियान अन्र्तरगत भन्सारमा समेत तालाबन्दी गरिएको बताए ।
विज्ञापन

अध्यक्ष भट्टका अनुसार महाकाली तेस्र्रो चरण, जनताको तटबन्ध कार्यालयमा यस अघि र अहिले भन्सारमा आगामी दिनमा भुक्तानी नदिने थप कार्यालयमा तालाबन्दी गरिने बताए ।
यस अघि महाकाली तेस्र्रो चरण, जनताको तटबन्ध कार्यालयमा यस अघि र अहिले भन्सारमा आगामी दिनमा भुक्तानी नदिने थप कार्यालयमा तालाबन्दी गरिने बताए ।
भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले बजेट नहुँदा भुक्तानी गर्न नसकिएको बताउनु भयाे । भुक्तानी पाउन बाकि रहेका निर्माण व्यवसायीहरूकाे रकम दशै अघिनै भुक्तानी गरिने कार्यालय प्रमुख काफ्लेले बताए ।
भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार जिके ग्रुफ निर्माण सेवाको २५ लाख, ६७ हजार, ७०६ रुपैया, भट्ट ब्रर्दस प्रालिको १४ लाख, ९१ हजार ४९२ र श्रीकृष्ण कस्क्ट्रक्सन प्रालिले ९लाख, ७७ हजार ९२४ गरी ५०लाख, ३७हजार १२३रुपैया भुक्तानी गर्न बाँकी छ ।

