रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकाले आगामी आवका लागि कूल ५३ करोड १६ लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गरेकाे छ ।
आज बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाको अध्यक्षतामा सम्पन्न १५ औ गाउँ सभा अधिवेशनमा आगामी आब ०८१/०८२ का लागि गापा उपाध्यक्ष शान्ति नाथले बजेट प्रस्तुत गर्नु भएकाे हाे ।
साे बजेटमा चालु तर्फ कूल खर्चमा ३६ करोड १ लाख ९२ हजार मध्ये बाहृ करोड, सामाजिक सुरक्षाको र पुँजीगत तर्फ १७ करोड १४ लाख असी हजार रूपयाँ बराबर खर्च हुने अनुमान छ ।
विज्ञापन

शाखागत वन बताबरणमा ८ लाख, सहकारी तर्फ ८ लाख, उपाध्यक्ष विशेष कार्यक्रममा १७ लाख, प्रधानमन्त्री रोजगारमा ईक लाख,समावेशीमा २ लाख, महिला विकास तर्फ ६ लाख पचाँस हजार, भूमि तर्फ ४५ लाख, पशुपन्छी तर्फ १७ लाख, स्वास्थ्यमा १ करोड ५५ लाख, शिक्षा, खेलकुदमा १ करोड ७३ लाख बराबर रूपयाँ विनियोजन गरी बजेट प्रस्तु भएकाे बेलडाँडी गाउँपालिकाले जनाएकाे छ ।
विज्ञापन


