रमेश प्रसाद भट्ट/कञ्चनपुर-सशस्त्र प्रहरीको प्रवक्ताकाे जिम्मेवार सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिईएकाे छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकमा सरुवा भएपछि सशस्त्रका डिआइजी न्यौपानेलाई प्रबक्ताकाे जिम्मेवारी दिएको हो ।
विज्ञापन

डिआइजी न्यौपाने यसअघि सशस्त्र प्रहरी बलको ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा बाहिनीपती थिए । उनले कञ्चनपुर खबरसंग भने “संगठनले दिएकाे जिम्मेवारीलाई निर्भिक रूपमा कर्तव्यनिष्ठ भएर पुरागर्ने प्रतिबद्वता जाहेर गर्दछु ।”
उहाँले बैद्यनाथकाे कमाण्ड सम्हाल्दा सिमा सुरक्षा र भान्सार चाेरी तस्करी विरूद्वमा उल्लेखनीय काम गर्न सफल समेत भएका थिए ।
सशस्त्र प्रहरीकाे संगठन भित्र उनलाई नि:स्वार्थी एवं निष्ठावान बरिष्ठ अधिकृतकाे रूपमा चिन्ने गरिन्छ ।
उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल spokesperson@apf.gov.npमा सम्पर्क गर्न सकिने सशस्त्र मुख्यालयले जनाएको छ ।
विज्ञापन


