कञ्चनपुरकाे हुलाकि सडकमा विस्फाेट, घटनास्थलमा सेनाकाे टाेली

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर– कञ्चनपुरकाे हुलाकी राजमार्गको सडक खण्डमा विस्फोट भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१ को ढक्काकाे हुलाकि सडकमा विस्फोट भएको हाे।

सडकमा विस्फोट पछि ३ मिटर जति गहिराई २ मिटर चाैडाई खाल्डो परेकाे र चारैतिर विस्फाेटले ढुंगा मुढा छरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रमुख डिएसपि उमेशराज जाेशीले कञ्चनपुर खबरलाई जानकारी दिनुभयाे ।

उनले भने “अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ, बम विस्फाेट हाे, भन्ने एकिन भएकाे छैन ।”  घटनाकाे बारेमा अनुसन्धान भईरहेकाे छ ।

केही छिन अघि घटनास्थलमा नेपाली सेनाकाे बम विस्फाेजल टाेली पुगेकाेगे  डिएसपि जाेशीले बताए ।

स्थानीयले विस्फोट भएर धुवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *