मझगाउँ विमानस्थलमा निकुञ्जकाे अवराेधपछि प्रशासनकाे ध्यानाकर्षण

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- अढाई दशक देखि बन्द अवस्थामा रहेकाे मझगाउँ विमानस्थल निर्माणकाे अवराेध हटाउन जिल्ला प्रशासन कञ्चनपुरकाे ध्यानाकर्षण गराईएकाे छ । बुधबार विमानस्थल पुन: सञ्चालन संघर्ष समितिले कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन ।

विमानस्थलकाे निर्माणाधीन अवस्थामा रहेकाे धावन मार्गकाे काममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवराेध गरेपछि कञ्चनपुरका सहायक प्रजिअ धर्मराज जाेशीलाई भेटेर संघर्ष समितिले ध्यानाकर्षण पत्र दिएकाे संघर्ष समितिका संचार संयाेजक ज्ञानेन्द्र सिंह महताले बताउनु भयाे ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले फेरी महेन्द्रनगर मझगाउँ विमानस्थलको काम रोक लगाउदै आएको छ । एक बर्ष देखि निकुञ्जले रोकेको सो क्षेत्रमा सोमबार विमानस्थल संघर्ष समितिले निर्माण कम्पनी कान्छाराम कन्सट्क्सनको डोजर लगाएर माटो भरान कार्य गरेपनी सोहि दिन निकुञ्जले एक सुचना जारी गदै आफ्नो क्षेत्रमा काम नगर्न भन्दै रोक लगाएको थियाे ।

एक बर्ष देखि निकुञ्जको कोर एरिया भन्दै काममा रोक लागाउदै आएको छ ।

शुक्लाफाँटा राष्ट्यि निकुञ्जका निमित्त बरिष्ठ संरक्षण अधिकृत प्रमोद कुमार यादवले सो क्षेत्र विमानस्थलको क्षेत्र नभएर निकुञ्जको कोर र एरियार मध्यवर्ती क्षेत्र पर्ने भएकाले सो स्थानमा कुनै पनी काम नगर्न भनेपछि संघर्ष समितिले काम गर्ने बतावरण नबाई दिनु पर्ने भन्दै सहायक प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाएकाे संचार संयाेजक सहताले बताए ।

निकुञ्जले १ जेठमा निमित्त बरिष्ठ संरक्षण अधिकृत यादवले राष्ट्यि निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागलाई पत्रनै काटेर उक्त क्षेत्रको विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयनले भोगाधिकार प्राप्त नगरेको र बातावरणिय प्रभाव मुल्याँकन नगरिए जानकारी गराउदै ३ सय ४० मिटर धावन मार्ग निर्माणको काममा रोक लगाएको हो ।

कञ्चनपुरको विकासमा विभिन्न वाहाना देखाउदै निकुञ्जले विमानस्थल निर्माणको काममा बाधा अर्चन हाल्दै आएपछि यहाँका नागरिक आक्राेेशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *