कञ्चनपुरमा सशस्त्र प्रहरीकाे आफ्नै विद्यालय संञ्चालन, आईजीपि अर्यालले गरे उद्वघाटन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालकाे स्कुल संञ्चालनमा आएकाे छ । सुदूरपश्चिम प्रदेशमै सशस्त्र प्रहरी बल नेपालले पहिलाे विद्यालय संचालनमा ल्याएको हाे ।

सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुर जिल्लाकाे शुक्लाफाँटा नगरपालिका- ५ झलारीमा ‘नेपाल एपिएफ स्कुल’ संचालनमा आएसंगै उद्वघाटन गरिएकाे छ । हाल विद्यालय सशस्त्र प्रहरी बल-३५ नम्बर गणकै भवनमा छ । सोमबार एक औपचारिक कार्यक्रमका माझ एपिएफ स्कुलकाे उद्वघाटन सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजिपी) राजु अर्यालले विद्यालयको उद्घाटन गर्नु भएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपालका महानिरिक्षक अर्यालले उद्वघाटन गर्दै विद्यालयले राष्ट्र र समाजका लागि याेगदान दिन सक्ने दक्ष, सक्षम र सबल जनशक्ति उत्पादन हुनेमा विश्वास गर्दै प्रतिबद्वता जाहेर गर्नु भएकाे छ ।

उहाँले भने ‘हाम्रो विद्यालयमा अध्ययन गरेका विद्यार्थीले भविष्यमा देशको नेतृत्व सम्हाल्ने देखि अनुशासित, नैतिकवान नागरिक हुनुपर्नेमा जाेड दिदै त्यसै अनुसार गुणस्तरिय समाज सुहाउदाे शिक्षामा केन्द्रीत हुन व्यवस्थापकिय पक्ष शिक्षक कर्मचारीलाई निर्देशन दिनु भयाे ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालु शैक्षिक शत्र ०८१ देखि सुदूरपश्चिम प्रदेशमै पहिलो आधारभूत तहको विद्यालय संचालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपाल बैधनाथ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक कुमार न्यापानेले बताउनु भयाे ।

स्कुलका व्यवस्थापकिय अध्यक्ष समेत रहेका डिआईजी न्यापानेले भने “व्यवस्थापकिय विषयमा पनि हामिले सकेजति राम्रो बनाउने प्रयासका साथ विद्यालय सञ्चालनमा ल्याएकाे बताउदै गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिबद्वता जाहेर गर्नु भयाे ।”

नेपाल एपिएफ स्कुल झलारीका समावेसक सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले एपिएफ स्कुलमा अहिले ४ कक्षामा ३३ जना, ५ कक्षामा ७२ गरी एक सय पाँच विद्यार्थी भर्ना भएर कक्षा संञ्चालनमा आएकाे बताउनु भयाे ।
बताए । जसमा ती मध्ये छात्र ९२ जना र छात्रा १३ जना रहेका रहेका छन् ।

विद्यालयमा अहिले ६ जना शिक्षक शिक्षिका कार्यरत रहेकाे एसपि रावलले बताउनु भयाे । १८ बैशाखदेखि निरन्तर रूपमा कक्षा सञ्चालन हुँदै आएकाे समेत उनले बताए ।

उक्त कार्यक्रममा एपिएफ स्कुल सञ्चालनमा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व तथा सशस्त्र प्रहरी अधिकृत कर्मचारीहरुलाई प्रमाण पत्रका साथै सम्मान गरिएको थियाे ।

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी, चारवटै सुरक्षा निकायका विशिष्ट दर्जा सुरक्षाकर्मी जिल्लाका जनप्रतिनिधि, समाजसेवी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *