महेन्द्रनगर कालिका रेस्टुरेन्टबाट ५७ हजार सहित यि ११ जुवाडे पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/१२बैशाख,कञ्चनपुर- कञ्चनपुर प्रहरीले फेरी जुवातास खालमा एक्सन लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवमन्दिर क्षेत्रबाट ११ जुवाडे सहित ५७ हजार बढि रकम बरामद गरेको छ ।

बुधबार दिउँसो प्रहरीले भिमदत्त नगरपालिका-६ ऐठपुर शिवमन्दिर क्षेत्रको कालिका रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । उनीहरुको साथबाट ५७ हजार ३ सय २९ रुपैयाँ सहित तासको गड्डा बरामद गरिएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले ११ जनालाई जुवा खालबाट पक्राउ परेका जुहाडेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताए ।

एसपी जोशीका अनुसार भीमदत्त नगरपालिका ६ का लाल बहादुर सिह, अमिर विष्ट,डम्बर भट्ट, धिरेद्र बहादुर सिह,आशिष खत्री, बलदेब भट्ट,निरज रावल,धर्मराज जोशी,राजेश सोनी, शुक्लाफाँटा नगरपालिक-७ का रामदत्त भट्ट, कोहलपुरका सुरज बहादुर शाही रहेका छन ।

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेकाे भन्दै कानुनी कार्वाहि गरिने प्रहरी उपरिक्षक जाेशीले बताउनु भयाे ।

विज्ञापन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *