पत्रकारले होली खेलेको रकमबाट राैटेलाकाे बृद्धा आश्रममा फलफुल सहयोग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– कञ्चनपुरका पत्रकारहरुले यस बर्ष होली खेलेको रकमबाट बृद्धआश्रममा सहयोग गरेका छन । बेदकोट नगरपालिका ७ र ८ रौटेलामा रहेको बैजनाथ बृद्धआश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुलल सहयोग गरेका हुन ।

विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले होली खेलेर रौटेला बृद्धआश्रममा फलफुलका साथै मासु चिउरा समेत वितरण गरेका छन ।

पत्रकार रमेश प्रशाद भट्टले एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा बृद्ध आश्रममा फलफुल वितरण गरिएको बताए । समाजिक कार्य गर्ने उदेश्यका साथ बृद्धआश्रममा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले समेत आफ्नो जन्मदिनको अवसरमा फलफुल वितरण गरेका थिए । यस अघि पत्रकारहरुले बाल अनाथालयमा शैक्षिक समाग्री एवं खेलकुद समाग्री सहयोग गरेका थिए ।

नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *