लुटेराकाे गाेली प्रहारबाट राैतहटमा मनि ट्रान्सफरका संचालक घाइते, घटनामा संलग्न ३ जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रौतहट–  राैतहटकाे परोहा नगरपालिका-९ बस्ने शिव मनि ट्रान्सफरका संचालक २६ वर्षीय नितेश साह गोली प्रहारबाट शुक्रबार दिउँसो घाइते भएका छन् । घटनामा संलग्न भारत बिहार पुर्वी चम्पारण मोतिहारी दिपही-२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काउन्टरमा काम गरिरहेको अवस्थामा अपरिचित ३ जना व्यक्तिहरूले नितेश साहलाई गोली प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै गोली प्रहारबाट घाइते भएका नितेशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा थप उपचारको लागि वीरगंज रिफर गरिएको छ ।

उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र बिआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साभार: नेपाल पुलिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *