महेन्द्रनगर बस पार्ककाे ग्रीन भाेजनालयबाट नगद सहित ९ जुवाडे पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुरर– महेन्द्रनगर बजारमा जुवा खेल्ने ९ जना जुवाडेलाई प्रहरीले नगद सहित पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार भीमदत्त नगरपालिका ४ बसपार्कस्थित ग्रीन भोजनालयबाट जुवा खेलिरहेका ९ जना जेवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटीएको प्रहरी टोलिले होटल सञ्चालक डबल जोशी सहित ९ जनालाई जुवा तास खेलीरहेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी डिएसपि प्रकाश डाँगीले बताउनु भयाे ।

उनका अनुसार गाेप्य सुचनाका आधारमा उक्त स्थानमा छापा हान्दा जुवा खेलिरहेकाे अवस्थामा ३३ हजार ८ सय ८८ रूपयाँ  र ३ गड्डि तास समेत बरामद् गरिएकाे बताए ।

उनले भने “पक्राउ परेका सबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे हिरासतमा राखिएका छाै ।”

पक्राउ पर्नेमा भिनपा-४ का दिपक कुमार खड्का, भिनपा-२ का रनबहादुर दौल्याल, पुस्कर कुवँर, वेतकाेट-८ का पदम बोहरा, खडक रावल, वेतकाेट-९ डम्मर कुवँर, वेतकाेट-८ पदम महरा र वेतकाेट-५ शंकर दाैयाल रहेका छन् ।

उनशिहरूमा आवश्यक कानुनी कार्वाहि गरिने डिएसपि डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *