भारतमा संक्रमितको संख्या नौ सय नाघ्यो, मृत्यु हुनेको संख्या २०

अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् । यसअघि शुक्रबार १६० नयाँ संक्रमित देखिएका थिए । शुक्रबार भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *