महेन्द्रनगर-कञ्चनपुरका पत्रकार राजेन्द्र बिष्ट सहकारी पुरुस्कारबाट सम्मानित भएका छन् । शनिबार महेन्द्रनगरकाे भानु पार्टी प्यालेसमा सम्पन्न उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो बार्षिक उत्सवको अवसरमा पत्रकार विष्ट सम्मानित बभएका हुन ।
सुदुरपश्चिम प्रदेशकै उकृष्ट सहकारिका रुपमा रहेको उदयदेव सहकारी संस्था लिमिटेडले २५ औ बार्षिकाेत्सवका अवसरमा पत्रकार बिष्ट सम्मानित गरिएकाे सहकारी संस्थाले जनाएकाे छ ।
लामाे समय बाट टिभि टुडेमा सुदुरपश्चिम समाचार संयाेजकका रुपमा कार्यरत बिष्टले सहकारि क्षेत्रका समाचारमा गरेकाे याेगदन स्वरुप सहकारिले एघार हजार नगद सहित दाेसल्ला ओढाएर सम्मान गरेकाे हाे ।
सहकारीले यस वर्षदेखि ११ हजार रुपैया बराबरकाे सहकारिता पत्रकारिता पुरुष्कार स्थापना गरेकाे गरिएकाे जनाएकाे छ ।

