सालघारीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– कञ्चनपुर प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित सालघारीबाट ३ जनालाई पक्राउ गरेकाे छ । मंगलबार राति करिब ११ बजेकाे समयमा भिमदत्त नगरपालिका- १८ सालघारीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरी टालिले सालघारी स्थित लिला चन्दको घरमा डेरामा बस्ने बेदकोट नगरपालिका- १ बस्ने सुनिल डगौरा, साेहिठाउ बस्ने सुनिल डगौरा र भिमदत्त नगरपालिका-१९ का अनिल डगौरालाई ब्राउन सुगर सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले जानकारी दिनु भयाे  ।

उहाँका अनुसार “शंका लागी चेक जाँच गर्दा उनीहरूकाे साथबाट शुद्ध तौल गर्दा १.४९ ग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित फेला पारी तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको बताए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *