रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे महेन्द्रनगर बजारमा रहेकाे स्थानिय पार्क (भिम वाटिका) मा रहेकाे सहिद भिमदत्त पन्तकाे सालिक ताेडफाेडमा संलग्न १८ जनामाथी सार्वजनिक मुद्वा दर्ता भएकाे छ ।
शुक्रबार मंसिर ८ गते दिउँँसाे राप्रपाले आयोजना गरेकाे भ्रष्टाचार, बेतिथि, हिन्दुराज्य सहित राजाका पक्षमा नारा लगाउदै सहिद पन्तकाे सालिक ताेडफाेड गर्ने राप्रपाका नेता कार्यकर्ता १८ जनामाथिनै सार्वजनिक मुद्वा दर्ता गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिनु भयाे ।
उहाँले भने “सार्वजनिक सम्पतिमाथि अराजक तवरले ताेडफाेड गर्ने पक्राउ परेका १८ जना माथिनै अभद्र व्यवहार अन्तरगत सार्वजनिक मुद्वा दर्ता गरि कार्वाहि अघि बढाएका छाै ।”
शान्तिपुर्ण आन्दोलनको नाममा अराजक गर्ने छुट कसैलाई नभएकाे भन्दै मुद्वाकाे प्रकृति हेरेर कार्वाहि गरिने प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताउनु भयाे ।
उनले भने “म कहाँ प्रहरीबाट मुद्वा आए पश्चात् कस्ताे खालकाे कार्वाहि गर्ने त्याे पछि हुन्छ, समाजिकमा अवाञ्छित कार्य गर्ने जाे काेहिलाई पनि कार्वाहिकाे दायरामा ल्याइ कानुनी कार्वाहि गरिने बताए ।”
आज आइतबार दिउँँसाे सालिक ताेडफाेडकाे घटनाकाे विषय सहित जिल्लाकाे समग्र शान्ति सुरक्षाका सवालमा सर्वदलिय सर्वपक्षिय बैठक जिल्ला प्रशासनमा बाेलाईएकाे प्रजिअ अधिकारीले बताउनु भयाे ।
राप्रपाले आफ्ना पक्राउ परेका नेता, कार्यकर्तालाई निशर्त रिहाईकाे माग गर्दै शनिबार स्थानिय महेन्द्रनगर बजार बन्दकाे आव्हान गरेकाे थियाे । तर रिहाई नभए अनिश्चितकालीन बन्दकाे आव्हान गरिने भनेपनि पक्राउ परेकाहरू नछुटने भएपछि बन्दकाे कार्यबाट पछि हटेका छन् ।

