कञ्चनपुर – जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले फेरी भन्सार छलीका ३ लाख बढीका समान बरामद गरेको छ । तिहारको समयका विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका- ४ बसपार्क र ५ बनगाउँबाट भन्सार छली गरी ल्याईलुकाई राखेको अवस्थामा ३ लाख ३२ हजार बराबरका भन्सार छलीका समान बरामद गरको हो ।
बरामद समानमा चिनि, चामल, पेठा, बिभिन्न किसिमका कपडा लगायत फेला बरामद गरि आज भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले बताउनु भयो ।


