रमेश प्रशाद भट्ट/कञ्चनपुर-प्रहरीले कञ्चनपुर महेन्द्रनगरका मसाज(स्पा)सेन्टरमा छापा हानेको छ । महेन्द्रनगरका समाज सेन्टरमा यौनजन्य गतिबिधी भईरहेको गुनासो आएपछि प्रहरीले आइतबार ति मसाज सेन्टरमा छापा हानेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।
प्रहरीका सुचना अधिकारी पन्तले रामसिह विष्ट संचालक रहेको बनखेतको ग्ल्यामर स्पाबाट म्यानेजर महेश पाल, नरेन्द्र शाह संचालक रहेको कोहिनुर स्पाबाट म्यानजेर दया भट्ट सहित सहित ७ महिला, ८ पुरुषलाई पक्राउ गरिएको बताए । स्पाबाट पक्राउ परेका महिला कामदार हुने भने पुरुष ग्राहक हुन । ६ भारतीय पुरुष रहेका छन ।
मसाज सेन्टरमा प्रहरी पुग्दा ग्राहक आपत्तिजनक अवस्था भेटिएका थिए । उनिहरू मध्ये केही पुरै नग्न शरिरमा याैन जन्य गतिविधि गरिरहेकाे अवस्थामा देखिएका थिए । फेला परेका थिए जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले स्पा सेन्टरमा गलत अर्थात यौनजन्य हर्कत भईरहेको गुनासो आएपछि प्रहरीले केही स्पाहरुमा छापा हानेको बताए ।
‘समाजलाई अपाच्य हुने हर्कत देखिए, ‘एसपी थापाले भने, ‘अब उहाँहरुमाथि कानुनी प्रकृयादेखि थप विषयमा छानबिन गछौँ ।’ नितान्त व्यवसायिक ढङगले समाजलाई पाच्य हुने काम भन्दा पृथक काम गरेको पाईएको एसपी थापाले बताए ।
पक्राउ परेका कामदार, ग्राहक तथा संचालकमाथि आवश्यक थप अनुसन्धान गरेर कानुनी कार्बाही गरिने एसपी थापाले बताए । स्पामा यौनजन्यधन्दा बारे केही संचार माध्यममा समाचार प्रकासित भएको सातामै प्रहरीले मसाज सेन्टरमा एक्सन गरेको छ ।

