कञ्चनपुर– कञ्चनपुरको दोधारा चादनीमा निर्माण हुने सुक्खाहबन्दगाह स्थलको पुर्व मन्त्री रमेश लेखकले भारतीय राजदुत नवीन श्रीवास्तबलाई अनुगमन गराएका छन । कञ्चनपुर-३ बाट प्रतिनिधि सदस्य एवं नेपाली काँग्रेसका प्रमुख सचेतक समेत रहेका पुर्व मन्त्री लेखकले सोमबार दोधारा चादनी वडा नम्बर- १ मा बन्ने सुक्खाबन्दरगाह क्षेत्रकाे भारतिय राजदुत श्रीवास्तबलाई दाेधरा चाँदनीमै ल्याएर स्थलगत अनुगमन गराएका हुन ।
पुर्व मन्त्री लेखककाे प्रमुख चुनावी एजेण्डा दाेधारा चाँदनीमा खुख्खा बन्दरगाहकाे काम गर्ने भए बामाेजिमनै काम गराउन युद्व स्तरमानै जुटे संगै भारतीय राजदुतलाई फिल्डमै ल्याएर स्थलगत अनुगमन गराएका हुन ।
प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको निर्माण भारत सरकारकाे अनुदानमा गरीने सम्झौता भएकोले यसको स्थलगतको अनुगमन गर्न दोधारा चादनी आएको र डिपिआर स्वकृत भए पश्चात समयमै सुक्खाबन्दरगाह निर्माण हुने भारतीय राजदुत नविन श्रीवास्तबले बताउनु भयो ।
सुक्खाबन्दरगाह निर्माणको लागि मन्त्रि परिषदको बैठकेले जग्गा निर्धारण गरी सेकेकाले दोधारा चादनीमा छिट्टो नै सुक्खाबन्दरगाह निर्माणको कार्य सुरु हुने प्रतिनिधि सभा सदस्य रमेश लेखकले बताउनु भयो । उनले सुक्खाबन्दरगाह कञ्चनपुरको मात्रै नभएर यसले देशको आर्थिक विकासमा जोड दिने बताउनु भयो ।
यसै ५ बर्षभित्रमा पूरा गर्ने कार्य याेजनाका साथ काम गरिने याेजना रहेकाे पुर्व मन्त्री समेत रहेका काँग्रेस प्रमुख सचेतक लेखकले बताए ।
दोधारा चादनी नगरपालिकाको गौरी शंकर बन र मायापुरी बनको २ सय ८० बिघा जमिनमा सुक्खाबन्दरगाह बन्ने छ ।जसको निर्माणको लागि ३ अर्व ५७ करोड २३ लाख भारतीय रुपया अनुमानित बजेट रहेको छ ।
कञ्चनपुरमा खुख्खा बन्दरगाहा निर्माणले यहाँकाे व्यापार र आर्थिक क्षेत्रमा ठुलाे फाईदा हुन अनुमान गरिएकाे छ । स्थलगत अनुगमनमा दाेधरा चाँदनीका मेयर किशाेर कुमार लिम्बु, भिमदत्तका मेयर पदम बाेगटी, समन्वय समिति प्रमुख दुर्गा बाेहरा, प्रदेश सभा सदस्य बेल बहादुर राना मगर, काँग्रेस कञ्चनपुर निवर्तमान जिल्ला सभापति हरि प्रसाद बाेहरा, काँग्रेस भिमदत्त सभापति अच्युत प्रसाद कलाैनी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

