कञ्चनपुरमा गैडाँकाे आक्रमणबाट च्याँउ टिप्न गएकि एक महिलाकाे मृत्यु ।

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर –जिल्लाकाे बेलडाँडी गाउँपालिका वडा नम्बर-२ कि एक महिलाकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र च्याँउ टिप्न भएका बेला गैडाकाे आक्रमणमा परि मृत्यु भएकाे छ ।

शुक्रबार विहान बेलडाँडी गाउँपालिका-२ कि अन्दाजी ४०/ ४५ बर्षिया बेलमति बुढाकाे च्याँउ टिप्न गएका बेला गैडाँकाे आक्रमणमा परी मृत्यु भएकाे हाे ।

उनकाे विहानकाे समयमा बेलडाँडी-२ क्याम्पबाट करिब-२ किलोमिटर भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याँउ टिप्न गएका समयमा एक्कसी गैडाँकाे आक्रमणबाट घटनास्थलमानै मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक कृष्ण बहादुर कुवँरले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनले भने “अहिले प्रहरी टाेलि र रेन्जर पाेष्ट बेलडाँडीकाे टाेलि सहित निकुञ्जका कर्मचारी घटना स्थलमा पुगेकाे बताए ।” घटनाकाे मुचुल्काका लागि प्रहरी टाेलि समेत घटनास्थलमा पठाएकाे र त्यस पश्चात शवकाे पाेष्ट मार्टम गरिने प्रहरी निरिक्षक कुवँरले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *