कञ्चनपुर– नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरद्वारा शुक्लाफाँटा नगरपालिकामा कार्यरत स्वर्गीय सवारीलाल डगाैराकाे घरमै पुगेर समवेदना व्यक्त गर्दै परिवारलाई नगद सहयाेग गरेकाे छ ।
शनिबार निजामति कर्मचारी संगठन कञ्चनपुरकाे टिम र सुदूरपश्चिमका निवर्तमान मुख्य मन्त्री राजेन्द्र सिह रावल सहितकाे टाेली स्वर्गीय डगाैराकाे घर शुक्लाफाँटा-९ मा पुगेर परिवारलाई समवेेदना सहित नगद २१ हजार रूपयाँ सहयाेग गरेकाे हाे ।

यहि साउन १० गते असामहिक निधन भएका शुक्लाफाँटा नगरपालिकामा कार्यरत निजामति कर्मचारी संगठनका नगर सदस्य समेत रहेका डगाैराका परिवारलाई समवेदना दिन घरमै पुगि थाेरै भएपनि सहयाेग हाेस भन्ने अभिप्राायले नगद २१ हजार किरिया खर्चकाे रूपमा सहयाेग गरिएकाे नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले कञ्चनपुर खबरलाई बताउन भयाे ।
उनले भने “हामिले कर्मचारी संगठनमा आबद्व साथिहरूमा पर्ने हरेक खालका समस्याहरूमा सहयाेग गर्दे आएकाे बताउदै साेहि अनुरूप स्वर्गीय डगाैराकाे परिवारलाई पनि समवेदना दिएर कर्मचारी साथिहरूबाट संकलित रकम कृया खर्च वाफत परिवारलाई हस्तान्तरण गरिएकाे बताए ।”
उक्त कार्यक्रममा कर्मचारी संगठनका कञ्चनपुर अध्यक्ष मान बहादुर चन्द, सुदुरपश्चिम प्रदेश सरकारका निबर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, प्रदेश सभा सदस्य हिरा सिह सार्की,शुक्लाफाटा नगरपालिका नगर प्रमुख रण बहादुर महरा,दोधारा चादनी नगरपालिका नगरप्रमुख किशोर लिम्बू ,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द ,माला गौतम,प्रदेश महासचिव माहादेब जोशी लगायत विभिन्न तहका कर्मचारी नेताहरुको उपस्थिति रहेको थियो।



